दफा
परिभाषा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा

२. परिभाषा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा,–

(क) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “कार्यकारी निर्देशक” भन्नाले दफा ६ बमोजिमको कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(ग) “चिसापानी क्षेत्र” भन्नाले बाँके, वर्दिया, कैलाली र कञ्चनपुर जिल्लाभित्रको क्षेत्र सम्झनु पर्छ ।
(घ) “मन्त्रालय” भन्नाले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्झनु पर्छ ।
(ङ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष र सदस्य–सचिव समेतलाई जनाउँछ ।
(च) “समिति” भन्नाले दफा ३ बमोजिम गठन भएको चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति सम्झनु पर्छ ।